वि.सं. २०७२ साल असोज १५ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर २ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, २२:०७ बजेउप्रान्त षष्ठी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। पहिलेका प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। तापनि, प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

चिनियाँ राजदूतले भने- नेपाललाई जस्तोसुकै सहयोग गर्न चीन तयार छ


उत्तरी नाका खोल्नेबारे प्रचण्ड र चिनियाँ राजदूतवीच छलफल

२०७२ असोज ११ गते १६:२० मा प्रकाशित
Prachanda-and-Wu-Chuntai११ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा परेको समस्याबारे एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूत उ चुन्ताईसँग सोमबार छलफल गरेका छन् ।
लाजिम्पाटस्थित निवासमै बोलाएर प्रचण्डले नेपालसँग जोडिएका चिनियाँ नाका खुलाउन राजदूत उलाई आग्रह गरेका थिए ।

भारतीय नाकाबन्दी छिटो खोल्न चीनको दबाब

२०७२ असोज १२ गते ७:१७ मा प्रकाशित
Nepal, India and chaina flag१२ असोज, काठमाडौं । एक सातादेखि नेपालमा लगाइएको अघोषित नाकाबन्दी खोल्न उत्तरी छिमेकी चीनले भारतलाई दबाब दिएको छ।
चीनले संयुक्त राष्ट्रसंघको महासभामा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति असन्तुष्टि व्यक्त गरेको हो भने चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको साइडलाइन भेटवार्तामा पनि नाकाबन्दीबारे छलफल गर्ने जानकारी चिनियाँ राजदूत ऊ चुन्ताईले दिए। चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदी दुवै राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
दाहाल निवास लाजिम्पाटमा सोमबार बिहान निम्त्याइएका चिनियाँ राजदूत ऊले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका विषयमा चीनले संयुक्त राष्ट्रसंघमा कुरा उठाएको र आफ्ना राष्ट्रपति सीले भारतीय प्रधानमन्त्री मोदीसँगको साइडलाइन बैठकमा यसबारे छलफल गर्ने जानकारी प्रमुख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई गराएका हुन्।
‘नेपालमाथि भारतले लगाएको आर्थिक नाकाबन्दीबारे हाम्रातर्फबाट संयुक्त राष्ट्रसंघमा विषय उठाइएको छ । राष्ट्रपति सीले पनि भारतीय प्रधानमन्त्रीसँग साइडलाइन वार्तामा त्यसबारे छलफल गर्नुहुन्छ’, राजदूत ऊले आफूसँग व्यक्त गरेको भनाइ उद्धृत गर्दै दाहालले आफ्ना सहयोगी नेतासँग पार्टी केन्द्रीय कार्यालयमा भने।
तीन महिनाअघि भएको बेइजिङ भ्रमणका क्रममा पनि चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक समझदारी विकास गरेर अगाडि बढ्नेबारे छलफल भएको थियो। दाहालका एक सहयोगी नेताका अनुसार भारतले लगाएको आर्थिक नाकाबन्दी खोल्न उनले कूटनीतिक पहललाई तीव्रता दिएका छन्।

भारतको झण्डासहित मोदीको पुत्ला जलाइयो


धरानः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी गरेपछि आक्रोशित एमाओवादीका कार्यकर्ताहरुले धरानमा भारतको राष्ट्रिय झण्डासहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

नेपालमा संविधान जारी भएपछि भारत सरकारले नेपालमाथि धावा बोली भन्सारमा नाकाबन्दी गरेपछि भारतविरुद्ध विरोध पर्दशन गरिएको एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य लक्ष्मी प्रधानले बताइन् ।

धरान-१२ स्थित चतरा लाईनबाट निस्किएको भारत विरुद्धको र्‍याली छाताचोक, महेन्द्रपथ र कलेजरोड हुँदै भानु चोकमा कोण सभामा परिणत भएको थियो ।

बाबुरामले राजेन्द्र महतोलाई फोन गरेर भने, 'म पनि आन्दोलनमा आउँछु'

काठमाडौं : एमाओवादी पार्टी छोडेर सामान्य नागरिकसरह स्वतन्त्र जीवन विताउने घोषणा गरेका बाबुराम भट्टराईले २४ घन्टा पनि नबित्दै मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई टेलिफोन गरेर आफूलाई मधेस आन्दोलनमा सहभागी गराउन अनुरोध गरेका छन् ।