मोदीले आफ्ना राजदूतमार्फत नेपाललाई पठाए यस्तो सन्देश, प्रधानमन्त्री कोइरालालाई बुझाइयो -

Narendra_Modiकाठमाडौं, ६ असोज । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपालका लागि भारतीय राजदूत रञ्जीत रे काठमाडौं फर्किएका छन् ।
काठमाडौंमा ओर्लिए लगत्तै भारतीय राजदूत रे ले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । दिल्लीबाट मोदीले पठाएको सन्देश सुनाउन भारतीय राजदूतले रे ले निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटेका हुन् ।
भारतीय दूतावास स्रोतका अनुसार मोदीले पठाएको सन्देशमा असोज ३ गते घोषणा गरिएको संविधान संशोधन गर्न भनिएको छ । आफूलाई चित्त नबुझेका ७ बुँदे संशोधन प्रस्ताव भारतले राजदूतमार्फत नेपाललाई पठाएको स्रोतले जनाएको छ ।
भारतले सीमांकनमा परिवर्तन, निर्वाचन क्षेत्र जनसंख्या अनुसार हुनुपर्ने, विदेशीले पनि नागरिकता पाउनुपर्ने लगायतका संशोधन प्रस्ताव पठाएको जनाइएको छ ।
विहान १० बजे दिल्लीबाट त्रिभुवन विमानस्थलमा उत्रिएका राजदूत रे सोझै बालुवाटार हान्निएका थिए । नेपालमा नयाँ संविधान जारी भएपनि सीमावर्ती क्षेत्रमा हिंसात्मक घटना भइरहेको भन्दै भारतले असन्तुष्टि जनाएको थियो ।