भारतको झण्डासहित मोदीको पुत्ला जलाइयो


धरानः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी गरेपछि आक्रोशित एमाओवादीका कार्यकर्ताहरुले धरानमा भारतको राष्ट्रिय झण्डासहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।

नेपालमा संविधान जारी भएपछि भारत सरकारले नेपालमाथि धावा बोली भन्सारमा नाकाबन्दी गरेपछि भारतविरुद्ध विरोध पर्दशन गरिएको एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य लक्ष्मी प्रधानले बताइन् ।

धरान-१२ स्थित चतरा लाईनबाट निस्किएको भारत विरुद्धको र्‍याली छाताचोक, महेन्द्रपथ र कलेजरोड हुँदै भानु चोकमा कोण सभामा परिणत भएको थियो ।

पर्दशनकारीहरुले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीको पुत्लासहित सडकमा पर्दशन गरेका थिए ।

भानुचोकमा भेला भएका पर्दशनकारीहरुले भारतको राष्ट्रिय झण्डासहित मोदीको पुत्ला जलाएर भारतलाई नेपालविरुद्ध धावा नबोल्न प्रर्दशनकारीहरुले भारतलाई चेतावनी दिएका छन् ।

पर्दशनमा उत्रिएका आन्दोलनकारीहरुले धरानको भानुचोकमा गोजीबाट भारतको झण्डा झिकेर जलाएका थिए ।

कोण सभालाई सम्बोधन गर्दै एमाओवादीका जिल्ला सदस्य चोत्लुङले वीर गोर्खालीहरु भारतसँग इतिहासमा पनि नझुकेकाले बर्तमान र भविष्यमा पनि नझुक्ने बताए ।

उनले भारतले ततकाल नाकाबन्दी फिर्ता गरी नेपालविरुद्ध अभिव्यक्ति बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भारतविरुद्धको प्रर्दनशनमा कांग्रेस  धरानका नगर सदस्य विजय अछामी र केही राप्रपा नेपालका कार्यकर्तासमेत सभागी थिए ।

उनीहरुले भारतविरुद्ध नारावाजी गर्दै नेपाल माथिको हस्तक्षप बन्द गर्न माग गरेका छन् ।

एमाओवादी कार्यकर्ताहरुले राष्ट्रवादी सचेत नागरिकहरुको नाम दिएर भारतविरुद्धद आन्दोलन निकालेका थिए ।