स्रोतका अनुसार भट्टराईले आइतबार नेपाल सद्भावना पार्टीका अध्यक्ष रहेका राजेन्द्र महतोलाई टेलिफोन गरी आन्दोलनमा सहभागी हुने इच्छा राखेका हुन् । उनले आफूले मधेस आन्दोलनको समर्थनका लागि राजीनामा दिएको र मधेसी जनताको मुक्तिका लागि लड्न तयार रहेको महतोसँग बताएका थिए ।
बाबुरामले मधेस आन्दोलनमा सहभागी हुने इच्छा राखे पनि मधेसी मोर्चाभित्र उनलाई सहभागी गराउने नगराउने भन्नेबारेमा विवाद छ ।