रिचार्ज कार्ड छपाई नेपालमा भन्दा विदेशमा सस्तो

100

२० भदौ, काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले रिचार्ज कार्ड छाप्न विदेशी कम्पनीमा भन्दा नेपाली कम्पनीमा महंगो पर्ने जनाएको छ ।
विदेशी कम्पनीले हाल बजारमा उपलब्ध कार्ड प्रतिगोटा भ्याटबाहेक गत वर्ष ५४ पैसामा छापेकोमा यो वर्ष ४६ पैसामा छाप्दै आएको छ ।
सोही कार्ड नेपाली कम्पनीले गत वर्ष ४४ पैसामा छापे भने यो वर्ष ५४ पैसामा छाप्न सक्ने बताएका छन् ।

टेलिकमले मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले साना दरका कार्ड पनि छाप्ने तयारी गरेको कारोबार दैनिकमा खबर छ ।
हृालसम्म मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले साना दरका कार्ड पनि छाप्ने तयारी गरेको छ । हालसम्म १, २, ५ सय तथा हजार रुपैयाँका कार्ड बजारमा उपलब्ध भए पनि अब भने कम्पनीले २०, ३० र ५० दरका कार्डसमेत बजारमा ल्याउने छ ।
कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यकाअनुसार केही समयअघि ५० दरका कार्ड रोकिएकोमा अब पुनः ५० सहित साना दरका कार्ड बजारमा ल्याइनेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/09/321795/#sthash.QtFQpcKV.dpuf