सुदूरपश्चिमका पहाडी जिल्लाहरु लोडसेडिङमुक्त

१८ भदौ, काठमाडौ । अपि हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा प्रवद्धित नौगडगाढ जलविद्युत आयोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि सुदूरपश्चिम लोडसेडिङ मुक्त भएको छ ।
दार्चुला जिल्लाको देथला गाविसमा निर्माणस्थल रहेको उक्त आयोजनाबाट उत्पादित विद्युत बैतडी, डडेलधुरा, बुडर हुँदै अत्तेरिया शव स्टेशन पुर्याइएको छ । त्यससँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरु लोडसेडिङ मुक्त भएको कम्पनीले जानकारी दिएको छ ।
उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चमेलिया आयोजनास्थित बलाँच सबस्टेशनको ३३ केभी सबबारमा जोडिएको छ । ८ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले भदौ २ गतेदेखि आफ्नो ब्यवसायिक उत्पादन शुरु गरेको अभियान दैनिकमा खबर छ ।
कम्पनीको उत्पादित बिद्युत १३२ केभीको ट्रान्समिसन लाइनबाट जाने प्रावधान रहेको छ । तर ट्रान्समिसन लाइनको निर्माण कार्य पूरा नभएकाले बैकल्पिक ३३ केभीमा जोडिएको कम्पनीको भनाई छ