चीनमा घट्यो पुरुषको संख्या, साझा ब्वायफ्रेण्ड बनाउन युवतीहरु बाध्य

chaina2एउटा युवकका एकै समयमा धेरैजना गर्लफ्रेण्ड हुने अनि केटीहरु युवकसित डेटिङ जानका लागि मरिहत्ते गर्दै पैसा नै तिर्नुपर्ने । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो वास्तविक घटना हो ।
chaina3
चीनको डोंगगुवान सहरमा अहिले एउटा यस्तो संस्कार मौलाएको छ जहाँ एक पुरुषसँग कैयौँ गर्लफ्रेण्ड हुन्छन् । पुरुषहरुले धेरै गर्लफ्रेण्डसँग मस्ती गर्ने गरेको विषयलाई लिएर अहिले उक्त सहर चर्चामा छ । चिनिया मिडियाहरुले हालै यस्ता कैयन् तस्वीहरु प्रकाशित गरेका छन् जसमा एकजना पुरुषलाई विभिन्न महिलाहरुसँग चुम्बन गरेको तथा सँगै सुतेको अवस्थामा देख्न सकिन्छ । अझ रोचक कुरा त के भने यहाँका युवतीहरु ब्वायफ्रेण्डलाई पैसा दिएरै भएपनि डेटिङमा जाने गरेका छन् ।

डोंगगुआन चीनको दक्षिणी प्रान्त गुआंगडोंगको अति महत्वपूर्ण औद्योगिक सहर हो । यसलाई विश्वकै कारखानाको नामले पनि चिनिन्छ । तर पछिल्लो समयमा भने यो चीनको सेक्स राजधानीको रुपमा कुख्यात हुँदै गएको छ । यसको मुख्य कारणको रुपमा त्यहाँ महिला तथा पुरुषको संख्याको अनुपात निकै असन्तुलित बन्दै गएको छ । उक्त सहरमा हरेक १ सय महिलाका लागि केवल ८९ जना मात्र पुरुष रहेका छन् ।
chaina4
महिलाका लागि पुरुष नै नपुग्ने भएपनि युवतीहरु ब्वायफ्रेण्ड शेयर गर्न बाध्य भएका छन् । सहरका अधिकांस युवतीहरु कारखानामा कम नै ज्याला पाएपनि काम गर्ने गर्छन् । कुनै पुरुषसँग बिहे होस् भन्नका लागि उनीहरुले ठूलै कोसिस गरिरहेका हुन्छन् । बिहे नहुँदासम्म पैसा तिरेरै भएपनि केटासँग रोमान्स गर्नुपर्ने बाध्यता छ उनीहरुको ।
युवतीहरुलाई आफुले डेटिंग गरिरहेको केटाका अरु धेरै गर्लफ्रेण्डहरु छन् भन्ने थाहा हुन्छ, तरपनि उनीहरु सोही ब्वायफ्रेण्डसँग बस्दछन् । बहु सम्बन्ध घामजस्तै छर्लंग भएकाले होला केटाकेटीहरु आफ्नो धेरैजनाको सम्बन्धको बारेमा बताउन हिच्किचाउँदैनन् ।