काठमाडाैं-नेपाल-भारत सीमा क्षेत्रमा ‘सुरक्षा चुनाैती’ दर्शाएर भारतले नेपालमा तेल भित्रन रोक लगाएपछि डिजेल र पेट्रोलको अभाव सुरु भएको छ। डिजेल र पेट्रोल वितरण हुने पम्पहरू तेल नभएर बन्द हुन थालेका छन्। राजधानीका पम्पहरूमा तेल भर्न लामो लाइन लाग्ने गरेको छ।