नेपाल यु-१९ टोली एसिया कपका लागि छनोट


Nepal-U-19-Cric१६ भदौ, काठमाडौं । नेपालको यु-१९ क्रिकेट टोली एसीसी यु-१९ एसिया कपका लागि छनोट भएको छ ।
मलेसियामा जारी एसीसी यु-१९ प्रिमियर लिगको शीर्ष तीनमा पर्ने टोली एसिया कपका लागि छनोटमा परेका हुन् ।

मंगलबारको खेलमा नेपालले कुबेतलाई ८३ रनले हराएपछि प्रिमियर लिगमा नेपाल तेस्रो स्थानमा पर्ने पक्का भएको हो ।
नेपाली टोलि एसिया कपका लागि छनोटमा परेको मलेसियामा रहेका अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर सत्यजित सरकारले जानकारी दिए ।
नेपालसँगै अपगानिस्तान र मलेसिया पनि प्रिमियर लिगको शीर्ष तीनभित्र पर्दै एसिया कपको लागि छनोटमा परेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/09/320177/#sthash.WNXgFbFV.dpuf