थारुको आमहड्ताल भदौ मसान्तसम्म लम्बियो


१६ भदौ, काठमाडौं । थरुहट थारुवान संयुक्त संघर्ष समितिले आम हड्ताल भदौ मसान्तसम्म लम्ब्याएको छ ।
  • तस्वीरः थारूवान
Tharu-Netaसंघर्ष समितिको बैठकले ३१ गतेसम्म आमहड्ताल लम्ब्याउने निर्णय गरेको हो । अबको आम हड्ताल २४ घण्टे हुने र रातको समयमा पनि गाडीहरु चल्न नदिने संघर्ष समितिले जनाएको छ ।

उसले वार्ताप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । ‘शीर्ष नेताहरुसहित वार्ता गर्छौ भनेका छौं । तर, प्रधानमन्त्रीले समन्वय नै गर्नु भएन’ थरुहट तराई पार्टीका सभासद गोपाल दहितले अनलाइनखबरसँग भने ।
- See more at: http://www.onlinekhabar.com/2015/09/320201/#sthash.Ymktdie4.dpuf