पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासमा ३५ रुपैयाँ घट्यो

१५ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
nepal_oil_corporation
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाइएको छ । डिजेल र मटितेलमा २ रुपैयाँ मूल्य घटेको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य लिटरको १०४ रुपैयाँ भएको छ । डिजेल र मट्टितेल भने ८२ रुपैयाँ भएको छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि समायोजन गरेको छ ।
ग्यासमा प्रतिसिलिण्डर ३५ रुपैयाँ मूल्य घटेको छ । अब ग्यास प्रतिसिलिण्डर १४०० रुपैयाँ भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/09/320129/#sthash.395r12go.dpuf