१४ भदौ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरे। लगत्तै काँकडभिट्टा हान्निए। सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि गाडी र सरकारले सुरक्षामा खटाएको नेपाल प्रहरीका पिएसओ यतै छाडे। र, यादव सिमापारि गए।
भारतीय गृहमन्त्री राजनाथ सिंह एसएसबीको पोस्ट उद्घाटन गर्न आइतबार लखनउको महाराजगन्ज, परसौनामा आउने चाल पाएपछि आन्दोलनरत मधेसी दलको एक टोली त्यहीँ पुग्यो। स्रोतका अनुसार सो टोलीले सिंहलाई भेट्न नसके पनि मधेसको माग पूरा गराउननिम्ति नेपाल सरकारलाई दबाब दिन सहयोगीमार्फत ज्ञापनपत्र बुझायो।
- See more at: http://www.onlinekhabar.com/2015/08/319172/#sthash.1uGQqiHw.dpuf