मलेसियामा सरकार विरोधी आन्दोलन

Image Title
Saturday 29th of August
क्वाललम्पुर, १२ भदौ, सरकारमा भ्रष्टाचार बढेको तथा वर्तमान प्रधानमन्त्रीले केही गर्न नसकेको भनी मलेसियामा सरकारका विरुद्धमा आन्दोलन सुरु भएको समाचार छ । मलेसियाका हजारौँ नागरिक शनिबार राजधानी क्वाललम्पुरमा जम्मा भएका छन् । उनीहरुले सरकारी क्रियाकलापहरुको विरोध गरिरहेका बताइएको छ । 

उनीहरुले वर्तमान सरकारबाट प्रधानमन्त्रीले राजिनामा दिई नयाँ सुधारका कार्यक्रमहरुको पनि घोषणा गर्नुपर्ने माग गरेका छन् । उनीहरुमधये कयौँले पहेँलो टिसर्ट पनि लगाएका छन् । यो रङ्गको टिसर्ट लगाएर जुलुसमा हिड्न सरकारले प्रतिबन्ध लगाएको छ । 

प्रहरीले सो क्षेत्रमा आन्दोलन गर्नेलाई प्रतिबन्धित गरिएको भन्दै राजधानीमा जुलुश ननिकाल्न चेतावानी दिएका छन् । तरपनि जनताले भने प्रहरीको चेतावानीको बेवास्ता गरेको पाइएको छ । 

मध्य क्वाललम्पुरमा जम्मा भएका उनीहरुले सरकार विरोधी आन्दोलन सुरु गरिएको बताएका छन् । शनिबार उनीहरुले सरकरका विरुद्धमा जुलुश निकाल्ने तयारी गरेको तर प्रहरीले राजधानीमा नारा जुलुश गर्न नपाइने भनी नियन्त्रणको प्रयास गरेका जनाइएको छ ।