नेयमारले भने-बार्सिलोनामै खुसी छु

Neymar१३ भदौ, काठमाडौं । बार्सिलोनाका ब्राजिलियन फवार्ड नेयमारले म्यानचेष्टर युनाइटेड जाने सम्भावना अस्वीकार गरेका छन् ।
बार्सिलोनाका फवार्ड पेड्रोलाई भित्र्याउने दौडमा चेल्सीले जितेपछि इंग्लिस क्लब युनाइटेडले नेयमारलाई भित्र्याउन चाहेको थियो ।
तर, नेयमारले आफू बार्सिलेनामा खुुसी रहेको बताए । शनिबार सिजनको पहिलो खेल खेलेका नेयमारले भने-‘म बार्सिलोनामै बस्न चाहन्छु । इंग्ल्याण्डबाट कति मिलियन पाउण्डको अफर आयो भन्नुको कुनै अर्थ छैन ।’
आफूले मानिसहरुबाट यस्तो सुनेको भन्दै उनले भने-जब म यस्तो सुन्छु, अरु केही सुन्दिँन ।’
ब्राजिलका २३ वर्षे फवार्ड नेयमारलाई बार्सिलोनाले नयाँ पाँच वर्षे सम्झौताको प्रस्ताव गर्न लागेको बताइएको छ ।