सामसुङको सबैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ नेपाली बजारमा

काठमाडौं । कोरियाली स्मार्टफोन उत्पादक सामसुङले आफ्नो अहिलेसम्मको सवैभन्दा पातलो स्मार्टफोन ‘ग्यालेक्सी ए ८’ सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
५.९ एमएम मोटाइ रहेको यो मोबाइल सामसुङले उत्पादन गरेका स्मार्टफोनमध्ये सवैभन्दा पातलो हो । ५.७ इन्चको एचडी डिस्प्लेयुक्त स्त्रिmन रहेको यो मोबाइलमा १६ मेगापिक्सेल क्यामेरा प्रयोग गरिएको छ ।

‘स्टाइलिस डिजाइन र पावरफुल क्यामेराका कारण यो सेगमेन्टमा ग्यालेक्सी ए ८ सवैभन्दा उत्कृष्ट फोन हो भन्ने हाम्रो विश्वास छ’ सामसुङ मोबाइलका नेपाल प्रमुख प्रणयरत्न स्थापितले भने-‘स्टाइल र पावरको यो जति उत्कृष्ट संयोजन अरु हुन सक्दैन् ।’
नेपाली बजारमा ५३ हजार ९ सय रुपैयाा पर्ने यो फोन स्मार्टफोनका पछिल्ला ट्रेन्ड पछ्याउने युवापुस्तालाई लक्षित गरिएको छ ।
यस्ता छन् फिचर
एन्ड्रोइड ललिपप ५.१.१ भर्सनबाट चल्ने यो स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर प्रोसेर र २ जीवी र्‍याम रहेको छ । ३२ जीवी आन्तरिक मेमोरी छ भने माइक्रोएसडी मार्फत थप ३२ जीवी मेमोरी थप्न सकिन्छ ।