‘थ्रीडी टच’ आइफोन ६ प्लस र ६ एस प्लस सार्वजनिक

‘थ्रीडी टच’ आइफोन ६ प्लस र ६ एस प्लस सार्वजनिक

२०७२ भदौ २४ गते ७:४९ मा प्रकाशित
 558  22 
  0
iPhone_6s_and_6s_Plusएप्पलले आइफोन ६ एस र आइफोन ६ एस प्लस लन्च गरेको छ । साथै १२.९ इन्चको ठूलो आइप्याड प्रो र एपल टीभी पनि बजारमा ल्याएको छ ।
आइफोन ६ प्लस र आइफोन ६ एस प्लसमा ‘थ्रीडी टच’ नामक फिचर छ । जसले स्क्रिनमा कति दबाव परेको छ भन्ने जानकारी दिनेछ । यसको मद्दतले प्रयोगकर्ता एक एपबाट अर्कोमा छिट्टै र सहज रुपमा स्विच गर्न सक्छन् ।

यसको मुख्य क्यामरा १२ मेगापिक्सल छ भने फ्रान्ट क्यामरा ५ मेगापिक्सलको छ । यसको क्यामरामा ५० प्रतिशत बढी पिक्सल छ ।
iPad Proआइफोन ६ एसमा ४ हजार भिडियो रेकर्ड गर्न सकिनेछ । यसको डिस्प्ले ४.७ इन्च छ भने ६ एस प्लेसको डिस्प्ले ५.५ इन्च छ ।
कम्पनीले चार रंग सिल्भर, गोल्ड, स्पेस ग्रे र रोज गोल्डको आइफोन बजारमा ल्याएको छ ।
ठूलो आइप्याड पनि आयो
एप्पलले आइप्याड प्रो ल्याएको छ, जसको डिस्प्ले १२.९ इन्च छ । यो उसको पछिल्लो सबै मोडलभन्दा ठूलो छ ।
यो नोभेम्बरबाट बजारमा उलपब्ध हुनेछ । यो एक पटक चार्ज गरेपछि १० घन्टा ब्याकअप रहन्छ ।
यसको तौल ७१२ ग्राम छ ।
अब एप्पलको टीभी पनि
Apple TV
एप्पलको टीभीमा एप्स पनि हुनेछ र यसको छुट्टै एप्स स्टोर र अपरेटिङ सिस्टम पनि हुनेछ ।
यसलाई चलाउन विशेष प्रकारको रिमोर्ट बनाइएको छ, जो टच सेन्सेटिभ हुनेछ । यसमा माइक्रोफोन पनि हुनेछ र तपाईको आवाजले पनि टीभीले काम गर्नेछ ।
आइफोनमा रहेको सीरी नामक भर्चुअल असिस्टेन्टलाई पनि टीभीमा राखिएको छ । जसले तपाईको इच्छा अनुसारको फिल्म, टीभी सिरियद र भिडियो गेम प्ले गर्नेछ ।

- See more at: http://www.onlinekhabar.com/2015/09/323621/#sthash.GpP2slNG.dpuf