सन्नीले बलात्कारीलाई उत्तेजित बनाएको राखीको आरोप

Rakhi-Sawant-sunny-leoneमुम्बई । सन्नी लियोनीलाई भारतवाट निकाला गर्नु पर्ने माग गर्दै आएकी आईटम गर्ल राखी सावन्तले सन्नीले बलात्कारी मनस्थीति भएका युवाहरुलाई उत्तेजित बनाउने गरेको आरोप लागएकी छिन् ।
‘जनहितका लागि विज्ञापन गर्नु त ठिकै हो तर, उत्तेजित अभिनय गरेर सन्नीले हाम्रा भारतीय युवाहरुको रगत तताउने गरेकी छिन् ।’ राखीले भनिन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा सन्नी बिरद्ध कडा रुपमा प्रस्तुत भएकी राखीले सन्नीलाई देस निकाला गर्नुपर्ने प्रसंग दोहोर्‍याउँदै अभिनय नै गर्ने हो भने लामो कपडा लगाएर अभिनय गर्न आग्रह गरेकी थिईन् ।
राखीको भनाई आधारहिन भएको भन्दै सन्नीले राखीलाई अब्यबसायिक ब्यक्ति भएकोे बताईन् । ‘कुनै पनि देशका कलाकारका विषयमा यस किसिमको टिप्पणी भएको मैले सुनेको छैन ।’ उनले भनिन् । यसअघि सीपीआई नेता अतुल अन्जानले पनि सन्नीको कण्डोमको विज्ञापनले भारतमा बलात्कारको घटना बढेको आरोप लगाएका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/09/324590/#sthash.UoZIbGw5.dpuf