आफ्नो खुट्टालाई स्वतन्त्र छाड्नुहोस् भन्ने अवधारणामा बनाइएका यी मोजामा पानीले कुनै असर पार्दैन । तलुवामा स साना रबरका गोटी राखिएको हुन्छ जसका कारण पाइतालाले जमिनको सतहमा राम्रोसँग टेक्न पाउँछ र खुट्टा लडखडाउँदैन ।
दौड, सफिर्ंग, डाइभिंग लगायतका खेलमा खेलाडिहरुले जुत्ताको साटो यी मोजा लगाउन सक्ने बताइएको छ ।
यी मोजा बनाउने डिटर हेशका अनुसार खेलाडिलाई आफ्नो प्रतियोगिताको बेला नांगो पाइतालाले दौडिएजस्तो अनुभुति होस् भन्नका लागि यी मोजा तयार गरिएको हो । यी मोजा सजिलै फाट्ने तथा च्यातिने छैनन् अनि लगाउनका लागि पनि आरामदायक हुने दाबी उनको छ ।
तत्कालै यी मोजालाई बजारमा उतारिएको भने छैन । यसको मूल्य एक जोडीको ८० डलरसम्म पर्नसक्ने बताइएको छ ।