राती एक्लै हिँड्नेलाई साथ दिने एप

woman-walking-home-aloneरातबिरात बाहिर हिँड्ने बाध्यता भएकाहरुका लागि एउटा उपयोगी एप निर्माण भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका पाँच विद्यार्थीहरुले बनाएको ‘कम्पानियन्’ एपले छोटो समयमा लोकप्रियता कमाइसकेको छ ।
यो प्रयोगकर्तालाई राति बाहिर हिँड्दा कुनै साथी वा परिवारको सदस्यले ‘भर्चुअल रुपमा’ साथ दिन र जिपिएस मार्फत उनीहरुलाई पछ्याउन सक्छन् । एन्ड्रोइड र आइओएस दुवैमा यसले काम गर्छ । साथी वा परिवारको सदस्यले कम्पानियन एप इन्सटल गरेको हुनु पर्दैन ।

आफूलाई साथ दिनका लागि प्रयोगकर्ताले थुप्रै फोन कन्ट्याक्टहरुमा धेरै रिक्वेस्ट पठाउन सक्छ । उनीहरु सबैले एसएमएस म्यासेज प्राप्त गर्छन् जसमा राखिएको लिंकमा थिच्दा एउटा वेव पेज खुल्छ । सो पेजमा अन्तरक्रियात्मक नक्सा हुन्छ, जसले प्रयोगकर्तालाई गन्तव्यतर्फ हिँडिरहेको देखाउँछ । प्रयोगकर्ताले यदि बाटो भुल्यो, लड्यो, धकेलियो, दौडिन थाल्यो वा फोनबाट हेडफोन खुस्कियो भने एपले थाहा पाउँछ र प्रयोगकर्तालाई आर यू ओके भनेर सोध्छ ।
भिडियो हेर्नुहोस्
यदि प्रयोगकर्तालाई केहि भएको छैन भने उसले १५ सेकेन्डभित्रमा एपमा रहेको एउटा बटम दवाउनुपर्छ । यदि दवाएन भने वा उ कुनै संकटमा परेको छ भने कम्पानियन एपले प्रयोगकर्ताको फोनलाई पर्सनल अलार्म सिस्टममा परिवर्तन गरिदिन्छ । यसबाट उत्पन्न हुने चर्को ध्वनीे संभावित अपराधिहरु अत्तालिन्छन् र त्यति नै बेला तपाईंले प्रहरीलाई बोलाउन भ्याउनुहुन्छ ।
यो एप रातको समयमा युनिभर्सिटीबाट घर फर्किने विद्यार्थीहरुलाई सघाउने उद्देश्यले बनाइएको थियो । यदी प्रयोगकर्ताले ९११ मा फोन गर्‍यो भने एपले व्यक्तिको सम्वन्धित युनिभर्सिटीमासमेत सन्देश पुर्‍याउँछ ।
तर, अमेरिकाका ती युनिभर्सिटीका लागि मात्रै यो लागू हुन्छ जसले कम्पानियनसित सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । साथसाथै एपले त्यो कन्ट्याक्टमा पनि सूचना पठाउँछ जसले तपाईंलाई साथ दिइरहेको छ । उक्त व्यक्तिले प्रहरीलाई खबर गरेर तपाईंको लोकेसन दिने वा तपाईंलाई आफैं फोन गर्ने विकल्प रोज्न सक्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/09/322347/#sthash.OeIgXOyW.dpuf