‘नाकाबन्दी हल्ला गर्नेलाई कारबाही’

Bhansar-Birganj७ असोज, वीरगञ्ज । भारतले नेपाललाई नाका बन्द गरेको हल्ला फैलाउनेलाई भारतीय दण्ड संहिता अनुसार कारबाही गर्ने एक उच्च अधिकारीले बताएका छन् । मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा नाकाबन्दीको चर्चा छाएपछि उनीहरु तातेको नागरिक दैनिकमा खबर छ ।

भारतबाट नेपालको प्रमुख प्रवेश विन्दुको वीरगन्ज नाकामा आवागमन सहज भने छैन् । सुरक्षा जाँच कडा पारिएको छ । नेपाल आउने यात्रु र मालबाहक गाडी जाँच र कागजात प्रक्रिया समान्यभन्दा बढाएको छ ।
भारतीय सशस्त्र बल (एसएसबी) एक अधिकारीले नियमित कार्यक्रमबाहेक यतिखेर नेपालसम्बन्धी कुनै पनि विशेष निर्देशन नभएको बरु सीमा नाकामा वातावरण सहज बनाइराख्न आफूहरु प्रयासरत रहेको उनले दाबी गरे ।
- See more at: http://www.onlinekhabar.com/2015/09/330346/#sthash.66x6NLro.dpuf