मसीबिनै तुरुन्त फोटो प्रिन्ट गर्ने क्यामेरा, मूल्य ९९ डलर

२०७२ भदौ २० गते २०:२९ मा प्रकाशित
  1157  11  1
Snap camera  (4)बर्लिन । कुनै मसीबेगर ठाउँको ठाउँ फोटो प्रिन्ट गर्ने पोलारोइडको नयाँ स्न्याप क्यामेरा अहिले हटकेक जस्तै बनेको छ । जबकि यो बजारमा आइसकेको पनि छैन् ।
Snap camera  (1)बर्लिनमा आयोजित विद्युतिय उपकरणहरुको मेला आइएफए कन्फ्रेन्सका क्रममा ९९ डलर मूल्यको १० मेगापि्रक्सेलको स्न्याप क्यामेरा प्रदर्शनमा राखिएको थियो ।
यदि यसको गुणस्तर पोलारोइड जिप इन्सटान्ट फोटो प्रिन्टरको जत्तिकै हो भने कम्पनीले ठूलै हंगामा मच्चाउने लक्षण छ ।

पोलारोइडले यसअघि पनि इन्स्टान्ट क्यामेराहरु रिलिज गरेको छ जसले कम्पनीको मसीरहित जिंक पेपु प्रविधि प्रयोग गर्छन् । तर तिनीरु ठूला र महंगा छन् । साथै तस्बिरको गुणस्तर पनि गतिलो नभएपछि खासै सफल हुन सकेनन् ।

प्लास्टिकको स्न्याप क्यामेरा पूर्णरुपमा खेलौना जस्तो चिटिक्कको देखिन्छ, जसले गर्दा पनि यसको लोकपि्रयता बढ्ने देखिन्छ । यो क्यामेरा आकारमा पहिलेको ७२३०० भन्दा अलिकति सानो छ । अन्य विशेषताहरु जिप इन्सटान्ट फोटोपि्रन्टरको जस्तै छन् ।
Snap camera  (2)आइएफएमा राखिएको क्यामेराको मोडल निर्माणाधिन अवस्थामै भएकाले त्यसको गुणस्तरबारे यकिन गर्न सकिएको छैन् ।
यस क्यामराको दाहिनेतिरबाट २ बाई ३ को फोटो निस्किन्छ भने देबे्र तिर क्यामराको ब्याट्री चार्ज गर्न माइक्रो यूएबि पोर्ट र फोटो संग्रह गर्न माइक्रो एसडी कार्ड रहेको छ । यसमा आन्तरिक स्टोरेज छैन् ।
यसलाई टर्न अन र टर्न अफ गर्न भ्युफाइन्डरमा थिच्नुपर्छ जुन क्यामेराको माथिल्लो भागमा छ । यो क्यामरालाई यस वर्षको अन्त्यसम्मका बजारमा ल्याउने कम्पनीको योजना छ । -मासाबेल डटकमबाट
Snap camera  (3)