नक्कली नोट बनाएर कारोबार गर्ने युवा पक्राऊ

 नक्कली नेपाली नोटको कारोबार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरी बुधबार सार्बजनिक गरेको छ ।नुवाकोटको बागेश्वरी गाविस ७ घर भइ काठमाडौंको नेपालटार बस्ने २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरी सार्बजनिक गरेको हो ।
उनको साथबाट १ हजार दरका ८० थान नक्कली नेपाली नोट र नोट बनाउने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।उनले बाफलस्थित प्राइमलाइफ वैदेशिक रोजगार म्यादी जीवन बीमामा काम गर्दादेखि नै सक्कली नोटलाई रंगीन फोटोकपी गरेर कारोबार गर्ने गरेको प्रहरीलाई बयान दिएका छन् ।

गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा १३ थान नक्कली नोट एकातिर मात्रै फोटोकपी गरेको अवस्थामा फेला पारेको थियो । उनीमाथि मुलुकी ऐन २०२० अन्तर्गत खोटाचलन मुद्दामा म्याद थपेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।