२ लाख २५ हजार आइफोन ह्याक

iphone6p-gold-select-2014ह्याकरहरुले २ लाख २५ हजार भन्दा बढि आइफोन ह्याक गरेका छन् । साइबर सेक्युरिटी कम्पनी पालो अल्टोले आइफोन प्रयोगकर्ताको एप्पल अकाउण्ट ह्याक भएको पछिल्लो घटना एप्पलको इतिहासमा मालवेयरद्धारा गरिएको सबैभन्दा ठूलो एप्पल अकाउण्ट चोरी अर्थात् ह्याकिङको घटना भएको जनाएको छ । के राइडर नामको भाइरसको प्रयोग गरी ह्याकरहरुले आइफोन ह्याक गरेका हुन् । तर पछिल्लो ह्याकिङबाट जेलब्रेक गरिएका आइफोन मात्र प्रभावित भएका छन् ।
जेलब्रेकिंग यस्तो प्रक्रिया हो जसबाट आइफोन प्रयोगकर्ताले आइफोनका त्यस्ता फाइल प्रणालीमा पनि पहुँच स्थापित गर्छ जुन सामान्य हिसाबमा सुरक्षाको कारणले गोप्य राखिएका हुन्छन् । जेल ब्रेकिंगबाट आइफोन प्रयोगकर्ताले आफ्नो डिभाइसमा आइट्युनस प स्टोरमा नभएका एपहरु समेत इन्स्टल गर्न पाउँछन् । तर जेल ब्रेकिंगले एप्पलको सुरक्षा प्रणालीलाई सुरुमा तोड्नेे भएकाले त्यस्ता आइफोन साइबर आक्रमणको जोखिममा हुन्छन् ।

केे राइडर मालवेयर त्यस्ता चिनिया वेबसाइट तथा एपहरुमा पाइएको छ जुन वेबसाइट तथा एपहरुले जेलब्रोकन आइफोनका लागि सफ्टवेयर उपलब्ध गराउने गर्छन् ।
तथापि यो भाइरसको आक्रमण चीनमा मात्र सिमित नभै अन्य १८ वटा देशमा फैलिसकेको छ । जसमा अमेरिकी प्रयोगकर्ता पनि प्रभावित छन् ।
के राइडर भाइरसले आक्रमण गरेपछि आइफोन प्रयोगकर्ताको आइट्युन्स एप स्टोरमा रहेका सबै जानकारी ह्याकरको हातमा पुग्दछन्, जसमा एप्पल अकाउण्टको युजर नेम, पासवर्ड, तथा आइफोनको युनिक आइडी समेत पर्दछन् ।
साथै ह्याकरले एप स्टोरको खरीददारीका विषयमा सबै जानकारी हात पार्दछन् र त्यसरी सबै सूचना ह्याकरको हातमा परेपछि आइफोन पूर्णरुपमा निकम्मा बन्दछ र रिकभर गर्न असम्भव हुन्छ ।
ह्याकरहरुले यसरी आइफोन प्रयोगकर्ताबाट चोरेका सूचना तथा अकाउण्ट सम्बन्धी जानकारीको फाइदा आफुले मात्र लिएका छैनन् । त्यस्ता सूचना अन्य प्रयोगकर्ताले पनि उपयोग गरेर लाभान्वित हुन सक्नेछन् ।
ह्याकरहरुले यस्तो सफ्टवेयर अपलोड गरिसकेका छन् जसबाट आइफोन प्रयोगकर्ताले पीडित आइफोन प्रयोगकर्ताको अकाउण्ट प्रयोग गरेर सित्तैमा आइट्युन्स एप डाउनलोड गर्न सक्छन् । यसरी ह्याकरहरुको चोरीको फाइदा उठाउँदै २० हजा आइफोन प्रयोगकर्ताले सफ्टवेयर डाउनलोड गरिसकेका बताइएको छ ।
पालो अल्टोका अनुसार ह्याकिंगमा परेका आइफोन प्रयोगकर्ताले आफ्ना एप्पल अकाउण्टको पर्चेज हिस्ट्रीमा आफुले कहिल्यैपनि खरीद नगरेका एप्स देखा परेको गुनासो गरेका छन् । कतिपयले आफ्नो फोन लक भएको र ह्याकरहरुले आफ्नो अपहरित आइफोन फिर्ता पाउन रकम माग गरेका गुनासो गरेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2015/09/320199/#sthash.5egq392w.dpuf