आयोग अध्यक्ष उदयराज सोतीका अनुसार आयोगले लिने हरेकजसो परीक्षामा पाँच सय र हजारका नोट फेला पर्ने गरेका छन् । ‘उत्तरपुस्तिकाको भित्री भागमा सजिलै नदेखिने गरी नगद र चेक राखिएको हुन्छ’ उनले भने, ‘परीक्षकलाई लोभ्याउन पैसा राख्ने र अन्य सांकेतिक शब्द लेख्ने परीक्षकको परीक्षा नै रद्द गर्ने गरेका छौं ।’ यस्तो रकम राजश्वमा दाखिला गरिने उनले बताएको कारोबारमा खबर छ ।
आयोगले लिएको यसअघिको परीक्षामा १५ जनाले नगद राखेका थिए ।