टेष्ट क्रिकेटबाट सन्यास लिने शेन वाट्सनको घोषणा

Shane-Watson२० वैशाख, काठमाडौं । अष्ट्रेलियाका अलराउण्डर शेन वाट्सनले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
इंग्ल्याण्ड भ्रमणका क्रमका क्रममा पिँडुलामा चोट लागेपछि वाट्सनले सन्यासको निर्णय लिएका हुन् । ३४ वर्षका वाट्सनले ५९ टेष्ट खेलेका छन् ।

२००५ मा डेब्यू गरेका उनले ३ हजार ७३१ रन बनाएका छन् भने ७५ विकेट लिएका छन् । शेन वाट्सनले पाँच एसेज टेष्ट खेले, पछिल्लो पटक भने अष्ट्रेलियाले ३-२ ले सिरिज गुमाएको थियो ।
आइतबार लर्डमा भएको एकदिवसीय क्रिकेटका क्रममा उनी घाइते भएका हुन्, जुन खेलमा उनले ६४ रन बनाएका थिए
- See more at: http://www.onlinekhabar.com/2015/09/322080/#sthash.LUp0DbGU.dpuf