नेपालले भारतसँग बराबरी खेल्यो, गोलको खरेडी टरेन

१४ भदौ, काठमाडौं । नेपाल र भारतले मैत्रिपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेका छन् । तर, नेपालले पछिल्लो ९ खेलको गोल खरेडी भने टार्न सकेन ।
आसन्न साफ च्याम्पियनसिपको तयारीका क्रममा नेपालले सोमबार भारतको पुनेमा घरेलु टोलीसँग मैत्रिपूर्ण फुटबल खेलेको थियो ।
Nepal-Vs-Indiaखेलमा नेेपालले जुमानु राई र अनिल गुरुङलाई बेन्चमा राखेर युवा स्ट्राइकर विमल घर्ती मगर र अन्जन विष्टलाई खेलाएको थियो भने सेन्ट्रल ब्याक अनन्त तामाङले डेब्यू गरे ।
पहिलो हाफमा भारतले नेपाललाई दबाव दिएको थियो । पहिलो आफको अन्तिम मिनेटमा सुनिल क्षेत्री वान भर्सेज वानमा चुके ।

६४ औं मिनेटमा अन्जनको स्थानमा सुशील केसी मैदान प्रवेश गरे । ७२ औं मिनेटमा सुशीलले दिएको पासमा रोहित चन्दको प्रहार बारमाथि गयो ।
७८ औं मिनेटमा विमलको स्थानमा जुमानु राई मैदान प्रवेश गरे । ७९ औं मिनेटमा किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेे । चार मिनेटपछि भारतका सुनिलले अर्को राम्रो मौका खेर फाले ।
खेलमा दुबै टोलीले गोल गर्न सकेन । भारतलाई बराबरीमा रोकेको नेपालले पछिल्लो ९ खेलको गोल खरेडी भने टार्न सकेन ।